‘समुदायमा कांग्रेस’ अभियान: केन्द्रले तोक्यो जिल्लामा खटिने प्रतिनिधि

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १२ : ०४
‘समुदायमा कांग्रेस’ अभियान: केन्द्रले तोक्यो जिल्लामा खटिने प्रतिनिधि

काठमाडौं। नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानलाई पार्टीले झनै प्रभावकारी बनाउन लागेको जनाएको छ ।केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको अभियानअन्तर्गत कांग्रेसले फरक जिल्लामा खटिने फरक टोली तोकेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

अभियानलाई झनै प्रभावकारी बनाउन कांग्रेसले टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक गराएको छ ।तोकिएका जिल्लाहरूमा भिन्न–भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने कांग्रेसले आइतवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

टोली माघ १६ गते शहीद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने छ ।कांग्रेसले कोशी प्रदेशका १२ जिल्लाका लागि तीन जना नेता तोकेको छ । झापा र सुनसरीमा इतर पक्षका नेता डा शेखर कोइरालालाई खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस