कमेडी च्याम्पियन सिजन ३ को मुख्य प्रायोजकमा डिशहोम फाइबरनेट

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १५ : ४९
कमेडी च्याम्पियन सिजन ३ को मुख्य प्रायोजकमा डिशहोम फाइबरनेट

काठमाडौं। ​​कमेडी च्याम्पियन सिजन ३ को मुख्य प्रायोजकमा डिशहोम फाइबरनेट रहने भएको छ ।होटल याक एण्ड यतिमा आयोजित कार्यक्रमा डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र एडी रिलिजबीच कार्यक्रमको पावर बाइ स्पोन्सर क्याटगोरीमा सम्झौता भएको हो ।

 

१३ वर्षकी बालिकादेखि अमेरिकी प्रतिस्पर्धीसम्म रहेको कमेडी च्याम्पियनको तेस्रो सिजन आगामी फागुन ३ गतेबाट प्रसारणमा आउँदै छ ।कार्यक्रममा बोल्दै कान्तिपुर टेलिभिजनका सीईयो शिशिर पछाईले कान्तिपुरले कार्यक्रम प्रबर्द्धनका दौरान स्तरीयतामा ध्यान दिँदै विज्ञापनदातालाई ढुक्क रहन आग्रह गरे।

विगतका सिजनको लोकप्रियता र विवादबारे पत्रकारको जिज्ञासामा टेलिभिजनका कार्यक्रम प्रमुख सुरजसिंह ठकुरीले उत्पादन टिमप्रति आफ्नो विस्वास रहेको बताए । समुदाय, परिवार र धर्म, वर्ग, लिङ्गको आधारमा विभेद हुने कन्टेन्टमा आफू सिरियस रहेको उनले बताए । कम्तीमा परिवारका सबै सदस्य सँगै बसेर हेर्न सकिने र समाजलाई पाच्य हुने विषयवस्तु कार्यक्रममा आउने उनकफ विश्वास थियो ।

 

 

कमेडी च्याम्पियन सिजन ३ को जजमा हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् ।कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् ।

यस सीजनका विजेताले पनि नगद रु २५ लाख तथा सोही बराबरको गाडी जित्नेछन् भने टेलिभिजनको प्रशारण सकिने बित्तिकै ओयसआर रियालिटीमा यो कार्यक्रम हेर्न सकिनेछ।डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री–जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस