काठमाडौ । काभ्रेको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको अमलटार–लेकपानी सडकखण्डको स्तरोन्नति भइरहेको छ।
रोशी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै यो सडकमो निर्माणकार्य भइरहेकाले आगामी सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि यो सडक खण्ड भएर यात्रा नगर्न आग्रह गरेको छ। गाउँपालिकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ।
गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आगामी ३० महिनाभित्र पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी करिब एक महिना अगाडिदेखि काम भइरहेको जानकारी दिए।
५१ करोड ४४ लाख ८३ हजार रुपैयाँ लागतमा पूर्वाधार विकास कार्यालयबाट ठेक्का पाएको सिद्धबाबा ग्रिनतार जेभीले पहिलो चरणमा उक्त सडकखण्ड आगामी २०८३ जेठ २५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता छ।
सम्झौताअनुसार सडक निर्माणसँगै रिटेनिङ वाल, स्ल्याब कल्भर्ट, ह्युमपाइपलगायतका संरचना निर्माण गर्नुपर्ने छ।बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका प्रदेश सभासदस्य रत्न ढकालले गत मङ्सिर ३० गते संयुक्त रूपमा सो सडकखण्ड शिलान्यास गरेका थिए।
अमलटारहुँदै खार्पाचोक–लेकपानी–सुगुरेसम्म जाने सडक निर्माणका लागि १०–१२ वर्षअघि स्थानीय बासिन्दाले चन्दा उठाएर सुरु गरेकामा अहिले प्रदेश सरकारको गौरवको आयोजनाभित्र परेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रिडी–तम्घास सडक पहिराेले अवरुद्ध
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन
अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध
बाढी पहिरोका कारण चार स्थानमा सडक पूर्णरुपमा अवरुद्ध
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी