नेपालमा लन्च भयो ईभी बीवाईडी सिल

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १४ : ५६
नेपालमा लन्च भयो ईभी बीवाईडी सिल

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा बीवाईडी सिल भित्र्याएको छ । विशेष सुविधा, प्रविधि र पर्फर्मेन्सले विद्युतीय गाडी (ईभी)को बजारमा बीवाईडी सिलले क्रान्ति ल्याउने कम्पनीको दाबी छ । नेपाली बजारमा इलेक्ट्रिक सेडान डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी तीन भेरिएन्टमा उपलब्ध भएको छ ।

बीवाईडी सिल डाइनामिकमा ६१.४४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर रहेको यसले सिंगल चार्जमा ४६० किलोमिटर (डब्ल्युएलटीसी) रेन्ज दिनेछ ।गाडीको रेन्ज ५७० किलोमिटर रहेको छ । गाडीलाई ३० मिनेटमा नै ३० प्रतिशतदेखि ८० चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

बीवाईडी सिलको ८ इन १ इलेक्ट्रिक पावरट्रेनले रियर–व्हील–ड्राइभ संस्करणमा १५० किलोवाट र २३० किलोवाटको पावर दिन्छ ।

विशेष प्रविधि

गाडीमा टकरावको पूर्वानुमान र चेतावनी, स्वचालित आपतकालीन ब्रेकिङ, रियर क्रस ट्राफिक अलर्ट, रियर क्रस ट्राफिक ब्रेक, आपतकालीन लेन किप असिस्टेन्स, लेन प्रस्थान रोकथामलगायत विशेष र अत्याधुनिक प्रविधि छन् ।

यसबाहेक चालकको सहायतामा ब्लाइन्ड स्पट डिटेक्शन सिस्टम, ईएसपी, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेहिकल होल्ड, इन्टेलिजेन्ट स्पीड लिमिट इन्फर्मेसन, र इन्टेलिजेन्ट स्पीड लिमिट कन्ट्रोल समावेश छ ।

सिलमा ५.६ इन्चको घुमाउन मिल्ने स्क्रिनमा इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल, १०.२५ इन्चको फुल इन्स्ट्रमेन्ट एलसीडी प्यानल, र एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितका एप छन् ।

प्रिमियम गुणस्तरको अवाजसहितको १२ स्पिकर डाइनाडियो पर्फरमेन्स अडियो प्रणाली र स्मार्टफोन वायरलेस चार्जिङ  सिलमा रहेको अर्को विशेष सुवधा भएको कम्पनीको दाबी छ ।

अत्याधुनिक लाइट टेक्नोलोजीले रातमा ड्राइभिङ गर्दा थप भिजिविलिटीमा मद्दत गर्न प्रकाशको फराकिलो किरण, उच्च बीम असिस्ट, एडप्टिभ फ्रन्ट हेडलाइटहरू र ’फलो मी होम’ जस्ता बहुउपयोगी सुविधा रहेको कम्पनीले जनाएको छ ।

मूल्य कति ?

car1705826085.JPG

प्रतिक्रिया दिनुहोस