काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय अगाडि विभिन्न माग राखेर आन्दोलन थालिएको २६ दिन पुरा भएको छ । त्रिवि स्ववियुले पुस ११ गतेदेखि सिस्टम सुधारको लागि भन्दै आन्दोलन थालेको थियो । उक्त आन्दोलन विगत २५ दिनदेखि निरन्तर चलिरहेको छ । उक्त आन्दोलनप्रति विभिन्न विद्यार्थी सङ्गठनहरू ऐक्यबद्धता जनाउँदै आएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयलाई सुधारसहित रूपान्तरण गर्ने उद्देश्यले रचनात्मक तथा सिर्जनात्मक अध्यास मार्फत निर्णायक आन्दोलन लागिएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले बताए ।
स्ववियुले परीक्षा नियन्त्रण कार्यालयबाट अनलाइनबाट सेवा दिनुपर्ने, कर्मचारीको खाजा खाने समय १ घण्टाबाट घटाएर ३० मिनेट राख्नुपर्ने, फोन गर्दा उठ्ने हटलाइन नम्बर राख्नुपर्ने, बल्खुबाट दिने सेवा त्रिविका अरू क्षेत्रीय कार्यालयबाट पनि दिनुपर्ने, त्रिविलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने लगायतका माग राखेर स्ववियुले आन्दोलन गर्दै आएको हो ।
आन्दोलनको क्रममा केही सुधारको संकेत भने देखिएको छ । तर, स्ववियुले पूर्ण कार्यान्वयनको अवस्था नआउँदा आन्दोलन नरोकिने जनाएको छ । सभापति ओझाले आन्दोलनकै क्रममा त्रिविले केही सुधारको काम गरेको तर, पूर्णतः सुधार नहुँदासम्म नछोड्ने बताए ।
त्रिविले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । तर, त्यसमा परीक्षाको नतिजा कहिले प्रकाशित हुने भन्ने छैन । स्ववियुले परीक्षाको नतिजा प्रकाशित गर्ने समय समेत राखेर पुनः क्यालेन्डर प्रकाशित गर्नुपर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी