क्रिकेट टोली स्वदेश फिर्ता

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०७५, १४ : ५१
क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ  । मलेसियामा सम्पन्न एसियन कप क्वालिफायर्स खेलेर नेपाली क्रिकेट टोली शुक्रबाट नेपाल फर्किएको छ ।

एसियाकपमा छनोटको लक्ष्य लिएर मलेसिया प्रस्थान गरेको नेपाली टोली मात्र दुइ खेलमा जीत र तीन खेलमा पराजित बन्दै चौथो स्थान हाँसिल गरेको थियो ।  नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङसँग पराजित भएको थियो ।

प्रतियोगिता बारे कुराकानी गर्दै नेपाली क्रिकेटका टोलीका कप्तान पारस खड्काले टिम राम्रो लयमा रहेर पनि उत्कृष्ट प्रदर्शन गर्न नसकेको बताउनु भयो ।
यही भदौ १३ गते देखि २१ गते सम्म भएको प्रतियोगिताबाट विजेता बन्दै हङकङ प्रतियोगिताका लागि छनोट भएको छ । उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए ।  फाइनल खेलमा हङ्कङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो ।

एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । 

प्रतिक्रिया दिनुहोस