काठमाडौं। असंलग्न आन्दोलनका राष्ट्रहरूबीचको सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच युगाण्डाको राजधानी कम्पालामा साइडलाइन भेट भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिवार भएको उक्त भेटमा दुवै नेताबीच द्विपक्षीय चासो, कनेक्टिभिटी, पर्यटन र क्षेत्रीय सहयोगबारे छलफल भएको छ ।१२० देशका सरकार र राष्ट्रप्रमुख सहभागी उक्त सम्मेलनमा यसअघि प्रधानमन्त्री प्रचण्डले भारतका विदेशमन्त्री एस जयशंकरसहित अन्य राष्ट्रका प्रमुखहरूसँग भेट गरेका थिए ।
युगाण्डाको राजधानी कम्पालामा असंलग्न आन्दोलनका राष्ट्रहरूबीचको १९ औं शिखरवार्ता चलिरहेको छ । यही जनवरी १५ देखि चलेको उक्त शिखर सम्मेलन शनिवार (आज) सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ माघ २०८०, १४ : १२
लेखकबाट थप