रूपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, ०९ : १८
रूपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित

रूपन्देही । रूपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट आफ्ना प्रतिस्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि संघका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले ५४३ मत ल्याएर विजयी भए भने संघका वरिष्ठ उपाध्यक्ष रहेका भण्डारीले ४६३ मत पाए ।

अधिकारी र भण्डारीले अलग-अलग प्यानल बनाएर निर्वाचन लडेका थिए । संघको अन्य पदाधिकारी र सदस्यहरूमा दुवै प्यानलबाट मिश्रित परिणाम आएको छ ।

प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधि भण्डारी विजयी भएका छन् ।

भण्डारी ५३५ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारी प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाए ।

त्यसैगरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलका प्रेमनाथ पाण्डे विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त गरे ।

संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ विजयी भए भने भण्डारी प्यानलका झविन्द्रप्रसाद अधिकारीले ४५२ मत प्राप्त गरे ।

त्यसैगरी सचिव पदमा भण्डारी प्यानलका मनोहरि बस्याल ५२९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गरे ।

सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मत पाए ।

सहकोषाध्यक्ष पदमा ५१९ मतसहित अधिकारीको प्यानलका अर्जुनप्रसाद भट्टराई विजयी हुँदा भण्डारी प्यानलका विनित भटराईले ४८५ मत प्राप्त गरे।

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस