बन्ने भयो बर्दीबासमा सरकारी मेडिकल कलेज, मन्त्रिपरिषद्‍को निर्णयले स्थानीय उत्साहित

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, ०९ : ५१
बन्ने भयो बर्दीबासमा सरकारी मेडिकल कलेज, मन्त्रिपरिषद्‍को निर्णयले स्थानीय उत्साहित

काठमाडौ । लामो समयदेखि प्रतिक्षा हुँदै आएको बर्दीबासमा सरकारी मेडिकल कजेजको निर्माण कार्य अब सुरु हुने भएको छ। 

गएको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बर्दीबासमा मेडिकल कलेज निर्माणको काम अघि बढाउन स्वीकृति दिने निर्णय गरेपछि महोत्तरीबासीमा उत्साह छाएको छ। 

मन्त्रिपरिषद्को निर्णयले महोत्तरीवासी उत्साहित भएका माओवादी केन्द्रका स्थानीय युवा नेता गणेश बस्नेतले बताए। ‘मन्त्रिपरिषद्को निर्णयले यहाँ उत्साह छाएको छ,’ उनले भने, अब चाँडै बर्दीबासमा मेडिकल कलेजको पूर्वाधार निर्माण कार्य अघि बढ्ने विश्वास हामीले लिएका छौँ।’

मन्त्रिपरिषद् बैठकले बर्दीबासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सर्तहरु पालना गर्नेगरी महोत्तरीको बर्दीबास नगरपालिका- ४ मा पर्ने माइस्थान सामुदायिक वन क्षेत्रको ५४ दशमलव ५८४ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ।

बर्दिबास मेडिकल कलेज क्षेत्रको जग्गामा रहेका विभिन्न प्रजातीका १ हजार ९६७ वटा रुख तथा पोल हटाउन स्वीकृति दिने निर्णय पनि बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको छ। 

प्रतिक्रिया दिनुहोस