काठमाडौँ । माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि माघ २४ गतेसम्म आफ्ना सुझाव र सल्लाह पठाउन पार्टीले निर्देशन दिएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार लिखित रूपमा सुझाव केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई परिपत्र जारी गरेको हो ।
उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले बनाएको ‘मस्यौदा विधान–२०८०’ माथि माघ २१ सम्म छलफल गर्न वडा, पालिका, जिल्ला र प्रदेशमा पठाइएको छ । विधान अधिवेशनको लागि प्रतिनिधित्वको व्यवस्था समेत तोकिएको छ ।
केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय ज.व.स.÷मोर्चाका प्रमुखहरू विधान अधिवेशनका प्रतिनिधिहरू विधान अधिवेशनका लागि प्रतिनिधि तोकिएका छ ।
मस्यौदामाथि आएका सुझावलाई माघको अन्तिम सता बस्ने स्थायी समिति बैठकले परिमार्जन सहित पारित गर्नेछ । माओवादीले फागुन १ गतेदेखि ३ गतेसम्म राजधानीको प्रज्ञा भवनमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै