लोअर ईर्खुवा हाइड्रोपावरको साधारण सेयर जारी हुँदै,  मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

सफल खबर संवाददाता

विहीबार, ०४ माघ २०८०, ११ : ४९
लोअर ईर्खुवा हाइड्रोपावरको साधारण सेयर जारी हुँदै,  मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौँ । नेशनल हाइड्रो पावर कम्पनी प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावर लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । जारी पुँजी रु.१ अर्ब ३० करोड ५० लाखको २१.५ प्रतिशत अर्थात रु.१०० अंकित दरको २८ लाख ५ हजार ७५ं० कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्न लागिएको हो । 

त्यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १३,०५,००० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र ११.५ प्रतिशत अर्थात १५,००,७५० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ । 

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस