स्थिर सरकार र समृद्धिका लागि बामगठबन्धन : पौडेल

आइतबार, १९ कार्तिक २०७४, १८ : ३८
स्थिर सरकार र समृद्धिका लागि बामगठबन्धन : पौडेल

बाग्लुङ ।  नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा बागलुङ-२ का वामगठबन्धका साझा उमेद्वार देवेन्द्र पौडेलले जनचाहना अनुरुप स्थिर सरकार र सम्वृद्ध नेपालको लागि वामगठवन्धन भएको बताएका छन् । 

आइतवार जिल्लाको निसिखोला गाउँपालिका -७ को राजकुतमा चुनावीसभालाई सम्बोधन गर्दै पौडेलले मध्यपहाडी लोकमार्ग, सालझण्डी-ढोरपाटन सडक, वामपन्थी सरकारले नै अगाडि सारेको र अव बन्ने बामपनथी सरकारले पूर्ण गरेर छाड्ने बताए । 

चुनावी सभा तथा भेटघाट कार्यक्रममा पौडेलले बागलुङका दुर्गम भेगको संचारको समस्या तत्काल समाधान गर्न पहल गर्ने, स्थानीय  लघुजलविद्युतलाई मिनिग्रिड मार्फत राष्ट्रिय प्रसारणमा जोडी केन्द्रिय विद्युत घर-घरमा पुर्याउने वताए । 

आफु लामो समय जनताको मुक्तिको लागि लडेको र वाँकी रहेको जीवन पनि जनताको सेवामा विताउने बताए । 

राजकुतको नरसिंहकोट क्षेत्रको विकासको लागि गुरु योजना वनाएर काम गर्ने वताउँदै पौडेलले पर्यटन प्रर्वद्धन मार्फत यस क्षेत्रको विकास गर्न सकिने बताए । 

कार्यक्रममा प्रदेश सभा ख का साझा वामपन्थी उमेद्वार तथा राष्ट्रिय जनमोर्चाका नेता टेकवहादुर घर्तीले आफु स्थानीय जनताको दुःख सुखमा संगै रहेको र स्थानीय समस्यासँग जानकार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस