शेयर बजारमा दोहोरो अंकको गिरावट

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, १५ : ४१
शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजार परिसूचक नेप्से घटेको छ । वुधबार नेप्से १२.१० अंकले घटेको हो । अघिल्लो दिन मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको नेप्से बुधबार २१६३.०६ विन्दुमा ओर्लिएको हो ।

नेप्से परिसूचक घटेपनि शेयर कारोबारले भने मंगलबारको रेकर्ड तोडेको छ । मंगलबार दुई वर्ष यताकै उच्च ८ अर्ब २ करोड कारोबार भएकामा बुधबार तीन करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भयो ।

स्टक मार्केटमा यस दिन बैंक, विकास बैंक, लघुवित्त र अन्य उपसमूह बाहेक अन्य उपसमूह राताम्य भए ।