काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबलाई बागमती प्रदेशले ९७ रनमै अलआउट गरेको छ। बुधबार मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट भएको हो।
आर्मीका लागि भीम सार्कीले १८ रन, कप्तान विनोद भण्डारीले २८ रन र विवेक यादवले ११ रन बनाउँदा अरु ८ ब्याटर दोहोरो अङ्कमा रन जोड्न नपाइ आउट भए।आर्मीलाई सस्तैमा अलआउट गर्ने क्रममा बागमतीका सूर्य तामाङले ५ विकेट लिए। उनले ९ ओभरमा २ मेडन राख्दा २६ खर्चिए।
तामाङले आर्मीका भीम सार्की, कुशल मल्ल, बसिर अहमद, सन्दीप रजाली र शाहब अलामलाई आउट गरेका थिए। जसमा उनले अलाम, मल्ल र अहमदलाई बोल्ड गरे।तामाङले मंगलबार मधेस प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए।
बुधबार तामाङबाहेक बागमतीका लागि प्रतिश जिसी र रिजन ढकालले २-२ विकेट लिए भने क्रिजन गुरुङले १ विकेट हात पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती सरकारले चालू आवको बजेट पुनरावलोकन गर्ने
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमतीमा आइतबार सार्वजनिक बिदा
बागमती प्रदेश सरकारको प्रवक्तामा कृष्णकुमार तामाङ
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त