काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबलाई बागमती प्रदेशले ९७ रनमै अलआउट गरेको छ। बुधबार मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट भएको हो।
आर्मीका लागि भीम सार्कीले १८ रन, कप्तान विनोद भण्डारीले २८ रन र विवेक यादवले ११ रन बनाउँदा अरु ८ ब्याटर दोहोरो अङ्कमा रन जोड्न नपाइ आउट भए।आर्मीलाई सस्तैमा अलआउट गर्ने क्रममा बागमतीका सूर्य तामाङले ५ विकेट लिए। उनले ९ ओभरमा २ मेडन राख्दा २६ खर्चिए।
तामाङले आर्मीका भीम सार्की, कुशल मल्ल, बसिर अहमद, सन्दीप रजाली र शाहब अलामलाई आउट गरेका थिए। जसमा उनले अलाम, मल्ल र अहमदलाई बोल्ड गरे।तामाङले मंगलबार मधेस प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए।
बुधबार तामाङबाहेक बागमतीका लागि प्रतिश जिसी र रिजन ढकालले २-२ विकेट लिए भने क्रिजन गुरुङले १ विकेट हात पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै