काठमाडौं । नेपाली कांग्रेसले जिल्ला खटिने नेताहरुलाई अभिमुखीकरण गर्ने भएको छ । माघ ७ देखि २२ गतेसम्म हुने ‘समुदायमा कांग्रेस’ अभियानमा जाने केन्द्रीय नेताहरुलाई अभिमुखीकरण गर्न लागेको हो ।
७७ जिल्लामा केन्द्रीय नेताहरु खटाएर कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्दैछ । जिल्ला जाने नेताहरुले आन्तरिक संगठन र समुदायमा पुगेर पार्टीको अभियान चलाउने छन् । पार्टीभित्रको संगठन सुदृढीकरण साथै नागरिक तहमा पुगेर उनीहरुको आवाज सुन्ने गरी कांग्रेसले अभियान घोषणा गरेको छ । जिल्ला जाने नेताहरुले पार्टीमा देखिएको तल्लो तहको समस्या समाधान गर्ने, नागरिकसँग अन्तक्रिया गर्ने, नागरिकका समस्या सुन्ने लगायतका जिम्मेवारी पार्टीले दिने भएको छ ।
प्रतिनिधि खटिने नेताहरुले जिल्लामा गएर गर्नुपर्ने भूमिकाका विषयमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधिहरुलाई प्रशिक्षित गर्ने छन् । अभिमुखीकरण कार्यक्रम केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसोका लागि राखिएको छ ।
साउनमा बसेको केन्द्रीय समितिले गरेको निर्णय अनुसार दोस्रो चरणको अभियान गर्न लागिएको हो । पार्टीले दोस्रो चरणको अभियानमा ‘समुदायमा कांग्रेस’ निर्धारण गरेको थियो । एक महिनाका लागि पूर्व घोषित अभियानको अवधि घटाएर १५ दिन बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै