काठमाडौँ। सियोल–दक्षिण कोरियामा आयातित सामानहरूको मूल्य सन् २०२३ डिसेम्बरमा लगातार दोस्रो महिनामा पनि सस्तो कच्चा तेल र स्थानीय मुद्राको वृद्धि घटेको केन्द्रीय बैंकको तथ्याङ्कले मङ्गलवार उल्लेख गरेको छ ।
गत महिना ४.४ प्रतिशतले घटेको आयात मूल्य सूचकाङ्क डिसेम्बरमा १.७ प्रतिशतले घटेको बैंक अफ कोरियाले जनाएको छ ।दुबई कच्चा तेल, दक्षिण कोरियाको डिसेम्बरमा औसत ७७.३३ अमेरिकी डलर प्रति ब्यारेल, अघिल्लो महिनाको तुलनामा ७.४ प्रतिशतले घटेको छ ।
औसत एक डलर विनिमय दर डिसेम्बरमा १३०३. ९८ प्रतिडलरमा झरेको छ । जुन अघिल्लो महिनामा एक हजार तीन सय १३१०.३९ थियो ।
आयातित कच्चा मालको मूल्य नोभेम्बरमा ७.४ प्रतिशतले घटेपछि पुनः डिसेम्बरमा ४.६ प्रतिशतले घटेको छ ।तेल उत्पादन सहितका सामानको आयात मूल्य गत डिसेम्बरमा ०.४ प्रतिशतले घटेको छ ।
आयातित पुँजीगत सामानको मूल्य ०.३ प्रतिशतले बढेको छ । तर गत महिना उपभोक्ता सामानको मूल्य ०.१ प्रतिशतले घटेको छ ।लगातार दोस्रो महिना गिरावटको प्रवृत्ति कायम राख्दै निर्यात मूल्य सूचकाङ्क डिसेम्बरमा मासिक आधारमा ०.९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी
दक्षिण कोरियामा एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु