काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा धुम्बाराहीबाट आफ्नो निवास बुढानीलकण्ठ गर्ने भएका छन् । करिब १३ महिना धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा बसेका देउवा भोलि (बुधबार) बूढानीलकण्ठस्थित आफ्नो निवासमा सर्न लागेका हुन् ।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा देउवा बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि (बुधबार) देउवा धुम्बाराहीको भाडाको घर छोड्न लागेको छन् ।
भानुले भने, ‘धुम्बाराहीबाट भोलि सर्दै छौँ । बुढानीलकण्ठमा मर्मतको काम सकिएपछि भोलि सर्नै लागिएको हो ।’ छोरोको बिहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन् । देउवाका छोरा जयवीरसिंहले यही माघ २१ गते शिवाना श्रेष्ठसँग विवाह गर्न लागेको बुझिएको छ ।
उनका अनुसार इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका छन् ।काठमाडौंमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वले सामाजिक सदभाव बढाएका छन् : पूर्वप्रधानमन्त्री देउवा
प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस–एमालेबिच कुनै मतभेद छैन : सभापति देउवा
मेयर बालेनका गतिविधि अराजनीतिक भएको देउवाको भनाइ
आपसमा मिलेर जाने हो, झगडा गर्ने होइन : सभापति देउवा