प्रकाण्डलाई हैरान : अदालतले छाडेको छाड्यै, प्रहरीले समातेको समात्यै

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०७५, १५ : ०६
प्रकाण्डलाई हैरान : अदालतले छाडेको छाड्यै, प्रहरीले समातेको समात्यै

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डुलाई प्रहरीले पुनः पक्राउ गरेको छ । दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोपमा प्रकाण्डलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङको तुलसीपुरमा मंसीर १२ गते नेपाली काँग्रेसको चुनावी सभालाई लक्षित गरी गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निबासी २३ वर्षका म्यादी प्रहरी बिनोद चौधरीको ज्यान गएको थियो । चौधरीको  मृत्युपछि प्रकाण्ड  विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

‘प्रहरीको प्रतिवेदनमा  प्रकाण्डले म्यादी प्रहरीको हत्या गरेको उल्लेख छ । प्रहरीका अनुसार प्रकाण्डमाथि लगाएको यो सबै भन्दा ठूलो मुद्दा हो । घटना तुलसीपुरमै भएकाले विश्वकर्मालाई  तुलसीपुर प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराउने छ ।
 
विनोद चौधरीको हत्या आरोपमा प्रहरीको प्रतिवेदनमा फरार सूचिमा परेका विश्वकर्मालाई मकवानपुरको हेटौंडाबाट काठमाडौं फर्कने क्रममा २३ साउनमा दक्षिणकालीबाट प्रहरीले पक्राउ गरेको थियो ।

यस अघि पनि धेरै पटक प्रहरीले  विभिन्न मुद्धामा प्रक्राउ गरी प्रकाण्डलाई विभिन्न जिल्लाका प्रहरी कार्यालय र अदालत पु¥याउँदै आएको थियो । तर सर्वाेच्च अदालतले धरौटीमा प्रकाण्डलाई रिहा गरेको थियो ।
सर्वाेच्च अदालतबाट छुटेका विश्वकर्मालाई प्रहरीले फेरि पक्राउ गरी दाङको यात्रा तय गराएको छ ।

प्रतिक्रिया दिनुहोस