बलात्कारविरुद्ध गायक शिव परियारले ल्याए ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत (भिडियोसहित)

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०७५, १४ : ३४
बलात्कारविरुद्ध गायक शिव परियारले ल्याए  ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत (भिडियोसहित)

चितवन ।  नेपाली सुगम सङ्गीतमा गजल र आधुनिक गायकको रुपमा विशिष्ट स्थान बनाइसकेका चर्चित युवा गायक शिव परियार नेपाली संगीतमा नयाँ  शैलीमा प्रस्तुत भएका छन् ।

महेश आचार्यको शब्दमा शिवको आफ्नै संगीत रहेको ई डी एम्  भर्सनमा बनाइएको  ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत भिडियो  सार्वजनिक गरीएको छ । शिवालय एल्बममा समाबेश यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् । भने रविन दर्शनधारीले मिक्सिंग गरेका  हुन् ।

शिव परियारको सधैँ जसो बजारमा आएको  गीत भन्दा फरक शैलीमा निकालिएको यस गीतमा अहिलेको युवा वर्गलाई लक्षित परेर निकालिएको गायक परियारले बताए ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र चलचित्र ‘कथा काठमाण्डू’की निर्देशक  सञ्चारकर्मी संगीता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन् । लुजा सिंहले खिचेको यो भिडियोलार्इ भरत रेग्मीले सम्पादन गरेका छन । गीतमा मुख्य अभिनयमा  नव कलाकार कृतिका काफ्लेको रहेको छ ।  भिडियोमा  सुजु पाण्डेको  श्रङ्गार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस