इमाडोलमा इनारमा खसिन् महिला, उद्धारको प्रयास जारी

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, १२ : ५०
इमाडोलमा इनारमा खसिन् महिला, उद्धारको प्रयास जारी

काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् ।

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी हुन्। 

उनको उद्धारकार्य भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उनलाई इनारबाट उद्धार प्रयास गरिरहेको सातदोबाटो प्रहरी बृत्तका डीएसपी उमेश जोशीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस