तरुलको मूल्य घट्यो, पिँडालु र सखरखण्डको मूल्य बढ्यो

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०८०, १२ : ५९
तरुलको मूल्य घट्यो, पिँडालु र सखरखण्डको मूल्य बढ्यो

काठमाडौँ । तरुलको मूल्य घटेको छ भने, पिँडालु र सखरखण्डको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार ७ प्रतिशतले तरुलको मूल्य घटेको हो । यस्तै, पिँडालु र सखरखण्डको मूल्य ३२ प्रतिशतले बढेको हो ।

गत मंसिर २८ गते ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तरुलको मूल्य आज ६५ रुपैयाँ प्रतिकिलो दैनिक मूल्यसूचीमा उल्लेख छ । यस्तै, एक महिना अगाडी ५६.६७ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको सखरखण्ड र पिँडालुको मूल्य आज प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ ।

कालीमाटीमा तरुल, सखरखण्ड र पिँडालुको आपूर्ति पनि बढेको छ । एक महिना अगाडि दैनिक करिब ७ हजार ४५ केजीमा आपूर्ति हुँदै आएको तरुल आज मात्रै २ लाख २ हजार  केजी आपूर्ति भएको छ । यस्तै, सखरखण्ड गत महिना ६ सय केजी आयात भएको थियो भने आज १२ हजार ४ सय केजी भित्रिएको छ ।

पिँडालुको आपूर्ति बढेको छ। गत महिना ४ हजार ३ सय केजी आयात भएको पिँडालु ७ हजार ८ सय केजी कालीमाटीमा आपूर्ति भएको छ ।  माघेसंक्रान्तिको अवसरमा तरुल, पिँडालु र सखरखण्डको माग उच्च हुन्छ । 

प्रतिक्रिया दिनुहोस