नागरिक उन्मुक्तिको महाधिवेशन- निर्वाचन तालिका सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, १२ : २९
नागरिक उन्मुक्तिको महाधिवेशन- निर्वाचन तालिका सार्वजनिक

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीको निर्वाचन प्रक्रिया शुरू भएको छ । कैलालीको टीकापुरमा जारी महाधिवेशनअन्तर्गत सर्वसम्मत प्रयास जारी नै राखेर निर्वाचन प्रक्रिया शुरू गरिएको हो ।निर्वाचन तालिकाअनुसार अहिले मतदाता नामावली प्रकाशित गरिएको छ ।

छुटेका मतदाताको नामावली उल्लेख गर्ने र उजुरीको समय ११ बजे सम्मलाई तोकिएको थियो ।

सवा ११ सम्म छानबिन र कारबाही गर्नै र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने, १२ बजेदेखि उम्मेदवारी दर्ता , सवा १२ मा उम्मेदवारहरूको सूची प्रकाशन गरिने तालिका छ ।उम्मेदवारी फिर्ता लिने र निर्विरोध भए १ बजे घोषणा गर्ने साथै एकभन्दा बढी उम्मेदवारीमा पौने २ बाट मतदानको समय तोकिएको छ ।

हिजो रातिबाट शुरू बन्द सत्र बिहान ५ बजे सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस