काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्डको संसदको माथिल्लो सदनका अध्यक्षको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको छ। अध्यक्ष जेरी बटिमारको टोली आज (शुक्रबार) बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेकाे हाे।
भेटमा आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। यसअघि हिजो (बिहीबार) टाेलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, ११ : २१
लेखकबाट थप