पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारणसभा सम्पन्न

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०८०, १५ : ४०
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारणसभा सम्पन्न

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सफलता पुर्वक सम्पन्न भएको छ ।

संस्थापक शेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण शेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको थियो । 

साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यव्रmम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्तममा कम्पनीका सञ्चालक र शेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा शेयर सदस्यबीच गहन अन्तकृया समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस