राजधानीको बालाजुबाट नक्कली नोटसहित एक महिला पक्राउ

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०८०, १२ : ४२
राजधानीको बालाजुबाट नक्कली नोटसहित एक महिला पक्राउ

काठमाडौं । राजधानीको  बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध नगरपालका-१० घर भई तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने २५ वर्षीया मनिषा न्यौपाने रहेकी  छन् । उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।