माओवादीले बोलायो स्थायी कमिटी बैठक

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, १४ : १२
माओवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । चार महिने जनतासँग माओवादी बिषेश रुपान्तरण अभियानको समीक्षा गर्नको लागि बैठक बोलाएको हो।

अभियानको समिक्षा भइरहेका भन्दै शनिबार बस्नेगरी बैठक थप छलफल हुने सचिव राम कार्कीले बताए। उनले भने, अभियानको प्रतिवेदन आउने क्रम जारी छ। हामीले पनि प्रदेशगत समिक्षा गर्दैछौं। त्यसको थप छलफल शनिबार बस्ने स्थायी कमिटीको बैठकमा हुन्छ।

उनलका अनुसार बैठक बस्ने स्थान र समय भने अहिलेसम्म तोकिएको छैन। माओवादीले भदौं १६ देखि पुस १६ सम्म चार महिने अभियान चलाएएको थियो। सचिव कार्कीले अभियानले कार्यकर्ता तहमा हलचल आएपछि जनता तहसम्म नपुगेको बताए। उनले बैठकमा जनताबाट आएको गुनासो, सुझाव असन्तुष्टि लगायतको बिषयमा पार्टी बैठकमा छलफल भएर निष्कर्ष निकाल्ने बताए।

प्रतिक्रिया दिनुहोस