‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को फाईनलमा २० विद्यार्थी भिड्ने

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०७५, १९ : ००
‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को फाईनलमा २० विद्यार्थी भिड्ने

चितवन । चितवनमा हुन लागेको ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’ को अन्तिम प्रतिस्पर्धाका लागि २० जना विद्यार्थी छनौट भएका छन् ।

ह्याण्ड इन ह्याण्ड इभेन्ट्सको आयोजनामा हुन लागेको ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’का लागि विभिन्न चरणको अडिसनमार्फत अन्तिम प्रतिस्पर्धीको टुंगो लागेको हो । यही भदौ २२ गते भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा हुने फाईनल प्रतिस्पर्धामा चितवन, नवलपुर, देवघाटका विद्यार्थीहरु सहभागि हुनेछन् । विभिन्न चरणमा भएको अडिसनबाट ४७ जना छनौट भएका थिए । उनीहरुलाई तीन दिन तालिम दिएपछि पुनः अर्को अडिसन मार्फत २० जना छनौट गरिएको हो ।

फाईनल प्रतिस्पर्धाका लागि छनौट हुनेहरुमा पुस्तक पौडेल, अपेक्षा घिमिरे, कृति अधिकारी, प्रशंसा कट्टेल, समृति वन, सुस्मा अधिकारी, दिक्षा चालिसे, ज्योति शर्मा, दृष्टि रेग्मी, स्वस्तिका जमरकट्टेल रहेका छन् । यस्तै स्मृति न्यौपाने, आस्था सिंह, इरिका कुवँर, कृति गोतामे, चेतमणी सुवेदी, साधना पौडेल, प्रदिप कोइराला, गरिमा तिमिल्सिना, आकृति भट्ट र सुरज रेग्मी रहेको कार्यक्रम संयोजक विमोचन आचार्यले जानकारी दिए ।

गत भदौ ३ गतेदेखी सुरु भएको अडिसनमा ४ सय भन्दा बढि विद्यार्थीहरु सहभागि थिए । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले मूख्य प्रायोजना गरेको प्रतियोगिताको विजेताले नगद १५ हजार र ट्रफी, द्धितिय हुनेले नगद १० हजार र ट्रफी, तृतीय हुनेले नगद ५ हजार र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितालाई निप्पोन एजुकुशेनले पनि सहयोग गरेको छ । प्रतियोगितामा कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरु सहभागिता छन् ।

प्रतिक्रिया दिनुहोस