पाल्पा जाँदै गरेको जीप तनहुँको भिमादमा दुर्घटना

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, १२ : ०५
पाल्पा जाँदै गरेको जीप तनहुँको भिमादमा दुर्घटना

तनहुँ। तनहुँमा जीप दुर्घटना भएको छ ।पोखराबाट पाल्पा जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जीप आज बिहान भिमाद नगरपालिका-३ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका कार्यालय तनहुँका अनुसार जीप सडकबाट डेढ सय मिटर तल खसेको हो । दुर्घटनामा घाइते आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।जीपमा १२ जना सवार थिए । विस्तृत विवरण आएन बाँकी छ ।