काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य र सांसदले वार्षिक लेवी घटाएको छ । रास्वपाको आज मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको लेवी वार्षिक १ लाख रुपैयाँलाई घटाएर २५ हजार रुपैयाँ बनाउने निर्णय गरेको हो ।
एक नेताका अनुसार अब सांसदको लेवी पनि मासिक २५ हजार रुपैयाँबाट १५ हजार रुपैयाँमा झारिएको छ । सांसदहरूको नयाँ लेवी आगामी आर्थिक वर्षबाट र केन्द्रीय सदस्यको लेवी तत्कालै लागु हुने छ।
बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराललाई सचिव र सदस्यमा प्रा.डा. अत्यन्द्र दाहाल, राम गुरुङ र अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको छ । बैठकले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिलन पाण्डे रास्वपा प्रवेश, शिक्षा विभाग प्रमुखको जिम्मेवारी
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
आजदेखि रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण
विपद् व्यवस्थापन सम्बन्धी 'राष्ट्रिय नीति मन्थन' कार्यक्रम आयोजना गर्दै रास्वपा
रास्वपाले आफ्ना सांसद र मन्त्रीबीच ‘पूर्व बजेट छलफल’ गर्दै