एजेन्सी । दक्षिण कोरियाले सन् २०२७ सम्ममा कुकुर मार्ने र त्यसको मासु बिक्रीमा रोक लगाउने नयाँ कानुन पारित गरेको छ । यो कानूनको उद्देश्य कुकुरको मासु खाने शताब्दी पुरानो परम्परालाई रोक्नु हो।
पछिल्ला केही दशकहरूमा कुकुरको मासु मानिसहरूको स्वादबाट झर्दै गएको छ र यसलाई खान मन नपर्ने अधिकांश युवाहरू छन्।
यो कानुनअनुसार मासुका लागि कुकुर पाल्ने र मार्ने काममा रोक लगाइनेछ । यससँगै कुकुरको मासु बिक्री वितरणमा पनि रोक लगाइनेछ । यस कानुनको उल्लंघन गरेको पाइएमा जेल पनि पठाउनेछ।
कुकुर मार्ने कसाईलाई तीन वर्षसम्म जेल सजाय हुन सक्छ, र कुकुर पाल्ने वा कुकुरको मासु बेच्नेलाई अधिकतम दुई वर्ष जेल सजाय हुन सक्छ। यद्यपि, कुकुरको मासु खानु अझै पनि गैरकानूनी हुनेछैन।
किसान र रेष्टुरेन्ट मालिकलाई रोजगारी र आम्दानीको वैकल्पिक स्रोत खोज्न समय मिलाउन यो नयाँ कानून लागू गर्न तीन वर्ष लाग्ने छ ।उनीहरूले आफ्नो व्यवसाय कसरी सञ्चालित गर्ने भनेर आफ्नो सम्पूर्ण योजना स्थानीय अधिकारीलाई बताउनुपर्नेछ।
सरकारी तथ्यांकअनुसार सन् २०२३ मा दक्षिण कोरियामा १ हजार ६ सय कुकुरको मासु रेस्टुरेन्ट र १ हजार १ सय ५० कुकुर फार्महरू थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी
दक्षिण कोरियामा एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु