काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न गरेको छ ।‘एक्सेल एण्ड इलिभेट २०८०/८१’ नाराका साथ चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको सभापतित्वमा भएको कार्यक्रमको उद्देश्य कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्नु रहेको थियो ।
कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटोका साथै आगामी वर्षको लागि तय भएको व्यावसायिक लक्ष्य र रणनीतिबारे प्रशिक्षण गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १२ : २०
लेखकबाट थप