कोशीमा सभामुख चयनका विषयमा दलहरूको छलफल, आजै चुनाव गर्ने सहमति

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०८०, १० : ४२
कोशीमा सभामुख चयनका विषयमा दलहरूको छलफल, आजै चुनाव गर्ने सहमति

काठमाडौं। कोशी प्रदेशमा सभामुखको चयनका विषयमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा छन् । प्रदेशसभा सचिवालयमा बिहानैदेखि प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको हो ।नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भर्खरै सकिएको छ ।

 

प्रमुख विपक्षी नेकपा (एमाले)को बैठक पनि जारी छ । कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए ।राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको छ ।

दलको मंगलबार बिहान बसेको बैठकले निर्णय गरेको एक सांसदले बताए । उम्मेदवार टुंग्याएको भए पनि कार्यसूची सार्वजनिक नभएसम्म सार्वजनिक नगर्ने उनले बताए । 

 

 

बैठकमा राप्रपा प्रदेश समिति सभापति राम थापासहित पदाधिकारसमेत सहभागी थिए । सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ । राप्रपाले सभाखमा अम्बर विष्टलाई अगाडि सार्ने बुझिएको छ।

एमालेले पनि सभामुखको विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । आज बस्ने संसद् बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक पनि बसिरहेको छ ।

कार्यव्यवस्था समिति बैठकमा आजै चुनाव गर्ने सहमति भएकाे छ । आजै चुनाव गर्ने सहमति भएकाे उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस