अमेरिकामा मदन दिपबीम बिशेष सांगीतिक साँझ हुने

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०७५, १५ : २५
अमेरिकामा मदन दिपबीम बिशेष सांगीतिक साँझ हुने

अमेरिका ।  लायन्स क्लब अफ वर्कली लालीगुराँस र विकल्प फाउन्डेसनको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १६ का दिन मदन दिपबीम बिशेष सांगीतिक साँझ सार्थक संगीत यात्रा- १ कार्यक्रमको आयोजना अमेरिकाको सन फ्रान्सिस्को सहरमा हुँदैछ ।

कार्यक्रमका आयोजक परिवारको निमन्त्रणालाई स्वीकारी आउँदो सेप्टेम्बर १६ तारिखको दिन ओकल्यान्ड एसियन कल्चर सेन्टरमा सो कार्यक्रमलाई सफल र सार्थक बनाउन नेपालबाट लोकप्रिय गायक लाक्पा शेर्पा अमेरीका जादै हुनुहुन्छ । लाक्पा शेर्पा, नरेन्द्र प्यासी र ममता दिपबीम सो कार्यक्रमका लिड गायक र गायीकाहरु हुनभने रन मगर, जुना प्रसाई लगायत अन्य स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।  साथै कार्यक्रममा रमाइला नेपाली गीतका नृत्यहरु पनि प्रदर्शन हुनेछ ।

बरिष्ठ संगीतकार मदन दिपबिमले १५ सय भन्दा धेरै गीतहरुमा संगीत गरी सक्नु भएको छ र उहाँले करिव ६० वटा लोक गीत गाउनु भएको छ । यसका साथै उहाँ हास्य-व्यंग्यकार र नृत्यकार पनी हुनुन्छ । तारादेवी, पुष्प नेपाली देखि हालका मेलिना राइ सम्मका गायक र गायिकाहरुको गीतमा संगीत भरेका संगीतकार दिपबिम आफ्नो ज्यानले सके सम्म यो क्षेत्र नछोड्ने पत्रकार भेटघाटमा बताउदै हुनुहुन्थ्यो ।

नर्दर्न क्यालिफोर्नियाको बे- एरियामा आउँदो सेप्टेम्बर १६ तारिखको साँझ नेपाली समुदायको निम्ती ुऐतिहासिक साँगितिक साँझु बन्ने कुरा आयोजक तथा लायन्स जोन चेएर निर्मल फुयाल बताउनु हुन्छ । सो कार्यक्रममा उपस्थित हुन सबैलार्इ आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस