अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा घिमिरे सिफारिस

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०७५, १३ : ३३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा घिमिरे सिफारिस

काठमाडौं । संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन घिमिरेको नाम सिफारिस गरेको छ । परिषद्को बुधबार बसेको बैठकले घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

हाल  अख्तियारको कायममुकायम प्रमुख रहेका घिमिरेको नाम अब संसदीय सुनुवाई समितिमा पठाइनेछ ।  संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिनेछ ।

२०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त भएका घिमिरे अख्तियार प्रमुख दीप बस्नेतपछि कामु प्रमुखको हैसियतमा छन्  । 

प्रतिक्रिया दिनुहोस