राष्ट्रियसभा निर्वाचन

सत्ता गठबन्धनमा भागबण्डा टुंगियो, कुन दलले कति सिट पाए ?

सफल खबर संवाददाता

आइतबार, २२ पुस २०८०, ११ : ४७
सत्ता गठबन्धनमा भागबण्डा टुंगियो, कुन दलले कति सिट पाए ?

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबण्डा टुंगिएको छ । कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ । 

बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबण्डा टुंगिएको र पार्टीहरुको आन्तरिक बैठक बसेर अब उम्मेदवार टुंगिने बताए ।  उनका अनुसार कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ । 

यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ ।  यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ । यस्तै जसपाले एक सिटमा मधेसबाट उम्मेदवार खडा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस