राष्ट्रियसभा निर्वाचन

राष्ट्रिय सभाको सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, ११ : ५०
राष्ट्रिय सभाको सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौं । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। 

गठबन्धनमा आबद्ध चार दलका नेताहरूको बैठकले राष्ट्रियसभा निर्वाचनको सिट बाँटफाँटको विषय टुंग्याउन नसकेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठक आज साँझ वा शुक्रबार बिहान पुनः बस्ने गरी बैठक सकाइएको हो । 

‘राष्ट्रियसभाको विषयमा छलफल भएको छ। त्यसको थप छलफल बाँकी छ। त्यो छलफल साँझ वा भोलि बिहान बस्नेगरी हामी उठेका छौँ,’ लेखकले भने।

प्रतिक्रिया दिनुहोस