फोटोनले सार्वजनिक गर्‍यो ‘हाई रुफ ईभी भ्यान’​​

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, १४ : ४४
फोटोनले सार्वजनिक गर्‍यो ‘हाई रुफ ईभी भ्यान’​​

काठमाडौं। अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त ईभी भ्यान सार्वजनिक गरेको हो ।

 

गाडी सार्वजनिक गर्ने क्रममा एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले उक्त गाडी नेपाल सडकका लागि उपयुक्त भएको दाबी गरे । ‘यो गाडी लामो र छोटो दुवै रुटका लागि उपयुक्त छ’, उनले भने, ‘गाडी धेरैको रोजाइमा पर्ने हाम्रो आशा छ, हामीले गाडी बिक्रीलाई मात्र होइन गाडी बिक्रीपछिको सर्भिसलाई पनि उत्तिकै ध्यान दिएका छौं ।

कम्पनीका अनुसार हाई रुफ ईभी भ्यान १४ र १५ सिटरको रहेका छन् ।कम्पनीले उक्त ईभी भ्यान युरोपियन युनियन डब्लूभीटिए–प्रमाणित सवारीसाधन रहेको बताउँदै यसको परीक्षण र निरीक्षण जर्मन संस्था टीयूभी रेनल्यान्डद्वारा गरिएको छ ।

 

 

 

 

कम्पनीले १५ सिटर ईभी भ्यानको मूल्य ५७ लाख रुपैयाँ तोकेको छ ।गाडीको खरिदमा ८० प्रतिशत फाइनान्सिङको सुविधा रहेको पनि बताइएको छ । कम्पनीका अनुसार फोटोनले गाडीको स्थायित्वका लागि ३ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस