काठमाडौ । मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार बिहान साढे ८ बजेदेखि मन्त्रिपरिषद्को बैठक बसेको हो।
मन्त्रिपरिषद् बैठकले गएको शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनाका बारेमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रधानमन्त्रीले हिजै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले आयोग गठनको आज औपचारिक निर्णय गर्नेछ। गठनहुने आयोगले आजैदेखि कार्य प्रारम्भ गर्ने आचार्यले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त