बुटवल। लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतवार सूचना जारी गरी १७ पुसमा तोकिएको समितिका सभापतिको निर्वाचन स्थगित भएको जनाएको हो ।
विशेष कारण देखाउँदै सभामुख तुलारामको घर्तीको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् ।
लुम्बिनी प्रदेशसभाका सदस्यहरूले अघिल्लो वर्ष १७ पुसमा शपथ लिएपछि प्रदेशसभाको पहिलो अधिवेशन गत १८ पुसदेखि शुरू भएको थियो । माघ ३ मा सभामुख र उपसभामुख चयन भएका थिए ।
तर, सरकारको कामकाजको खबरदारी र कानून निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संसदीय समितिले अझैसम्म नेतृत्व पाउन सकेका छैनन् ।सत्तारुढ गठबन्धनभित्र समितिको नेतृत्वको विषयमा भागबण्डा नमिल्दा नेतृत्वका लागि निर्वाचन हुन सकेको छैन ।
लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानून, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् ।
६ समितिमा लेखासहित २ वटा समितिको सभापति एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने तयारी छ । यद्यपि सत्तारुढ गठबन्धनभित्र कसले कुन समितिको नेतृत्व लिने भन्ने टुंगो भने लागेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने