काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ‘तमु ल्होसार’ जस्ता पर्वहरू राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै यस्ता पर्वले विविधतामा एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
आज गुरुङ समुदायको नयाँ वर्ष एवं महान् पर्व ‘तमु ल्होसार-२०८०’ को अवसरमा शुभकामना दिँदै अध्यक्ष तिमिल्सिनाले पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्नमा योगदान पुर्याएको बताएका हुन् । यस्ता पर्वले नेपालभित्र र नेपालबाहिर समेत नेपालीको मौलिक पहिचान तथा संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय एकता प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष तिमिल्सिनाको बुझाई छ ।
उनले भनेका छन्, ‘यी र यस्ता अन्य पर्वहरूले नेपालको विविधतामा एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। यस्ता अमूल्य निधिहरूलाई नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा उपयोग गर्नु आजको आवश्यकता हो। मुलुकभित्र रहेका यस्ता विविधता हाम्रो विकास र समृद्धिका लागि अवसर पनि हुन्। तसर्थ, मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन जति बन्नु पर्थ्यो त्यति बन्न सकेनन् : अध्यक्ष तिमिल्सिना
अध्यक्ष तिमिल्सिनासँग इजरायलका राजदूतको शिष्टाचार भेट
मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो : अध्यक्ष तिमिल्सिना
नेताहरुले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना
नागरिकको अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
अध्यक्ष तिमिल्सिनाले भूकम्प राहत कोषमा एक महिनाको तलब दिने