मोहन वैद्यको पार्टीद्वारा चक्काजामसहितको आन्दोलनको कार्यक्रम घोषणा

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०८०, २० : ११
मोहन वैद्यको पार्टीद्वारा चक्काजामसहितको आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ । सो पार्टीका प्रवक्ता कञ्चनले शनिबार विज्ञप्ति जारी गर्दै यही विषयसहित जनजीविकाको सवाललाई लिएर चक्काजामसहितको संकर्षको कार्यक्रम घोषणा गरिएको जानकारी दिए ।

संघर्षका कार्यक्रमअनुसार शनिबार सो पार्टीले मसाल जुलुस गरेको छ भने पुस १५ गते उपत्यकामा विरोधसभा, पुस १७ गते वैदेशिक रोजगार विभागमा विरोधसभा र पुस १८ गते उपत्यकामा सडक अन्तरक्रिया आयोजना गरेको छ ।

यस्तै पुस १९ गते उपत्यकामा विरोधसभा, पुस २० गते देशव्यापी कोणसभा, पुस २२ गते चक्काजाम (बिहान १० देखि १०ः३०), पुस २३ गते सिठ्ठी जुलुस (उपत्यका), पुस २४ गते उपत्यका रिङरोड परिक्रमा (मोेटर साइकल) र पुस २५ गते देशव्यापी संसदीय व्यवस्थाको विरोधमा पुत्लादहन गर्ने कार्यक्रम भएको विज्ञप्तिमा उल्लेख छ ।

देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँलदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै सो पार्टीको भनाइ छ । ‘सर्वविदित कुरा यो छ कि यो अवस्थाको अन्त्य हुनका लागि वर्तमान राज्यसत्ता र व्यवस्थाकै अन्त्य हुनु आवश्यक छ । अतः गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता सहित जनताको भयावह अवस्था बदल्ने वास्तविक राजनीतिक व्यवस्था ‘जनगणतन्त्र नेपाल’को स्थापना हो’, सो पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस