प्रचण्डलाई खुमलटार पुर्‍याउने हैसियत काँग्रेससँग छ : गगन थापा

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०८०, १८ : ५५
प्रचण्डलाई खुमलटार पुर्‍याउने हैसियत काँग्रेससँग छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु र्‍याउने चेतावनी दिएका छन् ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाइएकोले राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको जिकिर गरेका हुन् । 

‘प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसको छ ।’ उनले भने । 

बालकुमारीमा बिहीबार भएको घटनाप्रति उनले दुःख व्यक्त गरे । ‘आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भाये त्यो दुःखद् घटना हो ।’ उनले भने । 

प्रतिक्रिया दिनुहोस