फूडमान्डुले ल्यायो नयाँ वर्ष २०२४ लक्षित ‘न्यु इयर फिस्ट’ अफर

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०८०, १६ : २३
फूडमान्डुले ल्यायो नयाँ वर्ष २०२४ लक्षित ‘न्यु इयर फिस्ट’ अफर

काठमाडौं। नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘न्यु इयर फिस्ट अफर’ सार्वजनिक गरेको छ ।यस अफर अन्तर्गत काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।

 

यसका साथै ग्राहकहरूले हरेक दिन फरक–फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन् । उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।​

फूडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर इनेशा भट्टराईले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आकर्षक अफरहरू सार्वजनिक गरिएको जानकारी दिइन् । ‘हामीलाई आशा छ, हाम्रा ग्राहकहरूले यस अफरको भरपुर फाइदा लिनुहुनेछ र आफ्नो नयाँ वर्ष विशेष रुपले मनाउनु हुनेछ’, उनले भनिन् ।

आगामी माघ १७ गतेसम्म लागू हुने अफरबाट लाभ लिनको लागि फूडमान्डुुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस