काठमाडौ । चार वटा मेनपावर कम्पनी बन्द हुने भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती मेनपावर कम्पनीले सेवा बन्द गर्नका लागि आवेदन दिएको भन्दै हकदाबीसम्बन्धी सूचना प्रकाशित गरेको छ ।
मन्त्रालयको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जारी गरेको सूचना अनुसार दिब्य सुरक्षा एण्ड जनशक्ति आपूर्ति, कोहलपुर सेक्युरिटिज, ह्योल्मो सेक्युरिटिज र गढीमाई इम्प्लोइमेन्ट रहेका छन् ।
सूचनामा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा यस विभागमा दर्ता रहेको उल्लिखित कम्पनीहरूले खारेजीको लागि लिखित निवेदन दिएकाले उक्त कम्पनीहरूले कुनै पनि श्रमिकलाई तिर्नु बुझाउनुपर्ने दायित्व भए प्रमाण सहित हकदावीका लागि सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र यस विभागमा दावी गर्न आउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तोकिएको म्याद भित्र हकदावी गर्न नआएमा उक्त कम्पनीहरूको श्रमिक आपूर्तिकर्ता इजाजतपत्र नियमानुसार खारेज गरिने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्षिक १०० कामदार पठाउन नसक्ने मेनपावरको नवीकरण सुरु