हाम्रा प्रतिस्पर्धी दलहरुलाई हेर्ने आधिकारिक दृष्टिकोण तय गरौँ : नैनसिंह महर

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, १९ : ०५
हाम्रा प्रतिस्पर्धी दलहरुलाई हेर्ने आधिकारिक दृष्टिकोण तय गरौँ : नैनसिंह महर

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तय गर्न केन्द्रीय समिति बैठकमा प्रस्ताव राखेका छन् ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा युवा नेता महरले मापदण्ड बनाएर उम्मेदवार तय गर्दा विवाद नहुने सुझाव दिए । अहिले काँग्रेसले तलबाट सिफारिस मागेको छ र सबैखाले मान्छे सिफारिसमा परेका छन् ।

महरले बैठकमा काँग्रेसका प्रतिस्पर्धी दलहरूप्रतिको पार्टीको आधिकारिक दृष्टिकोण समेत दस्तावेजकै रूपमा ल्याउनुपर्ने बताएका छन् । उनले पार्टीले अन्य प्रतिस्पर्धीलाई हेर्ने दृष्टिकोण आधिकारिक रूपमा तयार पार्न प्रस्ताव राखेका हुन् ।

बैठकमा उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको भन्दै अघिल्लो बैठकमा तीनै तहका सरकार सञ्चालनका लागि गठन गर्ने भनिएको संयन्त्र निर्माण किन भएन भनी प्रश्न समेत उठाएका छन् ।

उनले महासमिति बैठकबाट निर्माण गर्ने पार्टीको नीतिबारे सबै तहका कार्य समिति,शुभेच्छुक र आम जनतनाको समेत धारणा लिने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस