काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ ।आज नेप्से परिसूचक १.९३ अंक घटेर २०६८.९० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ।
कारोबार रकममा समेत केही गिरावट आउँदै ४ अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज होटल तथा पर्यटन समूह, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य सूचक समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।
भिजन लुम्बिनी उर्जा, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, मनकामना इन्जिनियरिङ्ग र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५४४ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार