काठमाडौं। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् ।
संघीय सरकारले धरानलाई महत्त्व नदिएको गुनासो गर्दै साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को तस्वीर कार्यकक्षबाट हटाएका हुन् ।उनले त्यस स्थानमा किराँतहरूका प्रथम राजा यलम्बरको तस्वीर राखेका छन् ।
संघ, प्रदेश र स्थानीय तह एवं मातहतका कार्यालय प्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रचलन छ ।साम्पाङले राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर कार्यकक्षबाट हटाउने घोषणा ट्विटरमार्फत गरेका थिए ।
'अबदेखि मेरो कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु । जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ, त्यो दिन पुन: उनीहरूको फोटो टाँस्नेछु । जय देश !' साम्पाङले लेखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संसद्प्रति उत्तरदायी भएन, यो लोकतन्त्रमाथिको कालोधब्बा हो : हर्क साम्पाङ
'सरकारलाई सदनप्रति उत्तरदायी बनाउन निलम्बन भोग्न पनि तयार छौँ: हर्क साम्पाङ
‘सदन र जनताप्रति सरकार जबाफदेही हुनुपर्छ’: हर्क साम्पाङ
पर्चा देखाउँदै आज पनि हर्क साम्पाङले संसदमा जनाए विरोध
सिंहदरबारभित्र जलेका कुनै एउटा भवन बनाउन दिनुहोस् , हामी श्रमदान गरेर बनाउँछौँ’: हर्क साम्पाङ
पार्टीपंक्तिमा हर्क साम्पाङको निर्देशन- श्रमदान र संगठन विस्तारमा केन्द्रित हुनुस्