काठमाडौँ । पोखरामा बिना अनुमति ड्रोन उडाएको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय चेन देङ सेन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार पोखरा महानगर-१, टुँडिखेलमा अनुमतिबिना ड्रोन उडाइरहेको सूचनाका आधारमा सेनलाई पक्राउ गरिएको हो ।
उनलाई ड्रोनसहित नियन्त्रणमा लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, २० : ४७
लेखकबाट थप