सन्नीले किन गरिन् फ्यानलाई यस्तो च्यालेन्ज ?

सोमबार, १० पुस २०७४, १२ : २९
सन्नीले किन गरिन् फ्यानलाई यस्तो च्यालेन्ज ?


मुम्बई । अभिनेत्री सन्नी लियोनी अभिनित चलचित्र ‘तेरा इन्तजार’ हालै रिलिज भएको थियो । उनको यो चलचित्रले बक्स अफिसमा कमालको बिजनेश गर्न सकेन । यो बिषयलाई लिएर सन्नीको बारेमा चलचित्र क्षेत्रमा बिभिन्न चर्चा परिचर्चा हुन थालेको छ ।

आफ्नो बिषयमा हुन थालेको टिका टिप्पणीलाई उनले सामाजिक संजालमा एक भिडियो अपलोड गर्दै फ्यानलाई भुलाउने कोसिस गरेकी हुन् । उक्त भिडियो मार्फत उनले आफ्नो फ्यानलाई च्यालेन्ज समेत दिएकी छन् ।

‘कसरी तपाई भिडियोका माध्यमले प्रेम ब्यक्त गर्नुहुन्छ’ उनले भिडियोका साथ लेखेकी छन् ‘यसका लागि तपाइले हाइपस्टार एपको माध्यमले एक भिडियो बनाउनुस् र ट्वीटरमा सन्नी लियोन च्यालेन्जका साथ अपलोड गर्नुहोस् ।’

अपलोड भएका भिडियो मध्यबाट एक उत्कृष्ट भिडियोको चयन गरि बिजेता छानेर भिडियो कल समेत गर्ने उल्लेख गरेकी सन्नीले उत्कृष्ट भिडियो बिजेतालाई एक स्माटफोन समेत गिफ्ट गर्ने जनाएकी हुन् । सन्नीले दिएको यो च्यालेन्ज अहिले भाइरल समेत बनेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस