विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
मुख्यमन्त्री निवासमा भेटघाटका लागि पुगेका नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समितिसँगको छलफलमा सोमबार मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रदेशभरिका पत्रकार महासंघको भौतिक संरचना विकासमा योगदान गरिरहेकोले पत्रकार महासंघलाई पनि प्रदेशको अधिकार प्राप्तीका लागि बहस चलाउन आग्रह गरेका हुन् ।
‘प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेको र कानून, नियम बनिसकेको प्रहरी समायोजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ’ उनले भने, प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सांसद माथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेको छैन ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी
नवनियुक्त आन्तरिक मामिला मन्त्रीले लिए शपथ
कोशीमा बन्यो दुई दलीय संयन्त्र, १४ वटै जिल्लामा विस्तार गर्ने
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो